Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन अस्पतालमा राखिएका एकजनामा कोरोना पुष्टि

पाटन अस्पतालमा राखिएका एकजनामा कोरोना पुष्टि

दैनिकी न्यूज

१, आषाढ २०७७
पाटन अस्पतालमा राखिएका एकजनामा कोरोना पुष्टि
images

ललितपुर । ललितपुरको पाटन अस्पतालमा राखिएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट जेठ २५ गते नेपाल फर्किएका ५२ वर्षीय पुरुषमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । उनको आइतबार रिपोर्ट आएको थियो । हाल अस्पतालको आइसोलेसनमा उपचाररत काठमाडौं नयाँ बानेश्वरका ती व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पाटन हस्पिटलको कोभिड वाडमा ७ जना कोरोना संक्रमितको उपचार भैरहेको हस्पिटलका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार आइतबार पाटन हस्पिटलमा दुई जना कोरोना संक्रमित निको भई घर फर्किएका र दुई जना आइसोलेसन वार्डमा भर्ना भएका छन् ।

 

images
प्रकाशित मिति :आषाढ १, २०७७ सोमवार - ०९:२७:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology