कैलाली । लम्कीचुहा नगरपालिका वडा नंं. १ स्थित श्री शहिद स्मृति आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकी ३१ वर्षीया महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त क्वारेन्टाईनमा कार्यरत स्वास्थ्यकर्मी सोही स्थान बस्ने २२ वर्षीय किशोर परियार तथा स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको पहरीले जनाएको छ ।