Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

गण्डकी प्रदेशमा १८ नयाँ संक्रमित थपिए

गण्डकी प्रदेशमा १८ नयाँ संक्रमित थपिए

दैनिकी न्यूज

२, आषाढ २०७७
गण्डकी प्रदेशमा १८ नयाँ संक्रमित थपिए
images

पोखरा । गण्डकी प्रदेशमा मंगलबार १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् ।

गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।

स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो ।

संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०७:५९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology