ललितपुर । कारागार, महत्वपूर्ण प्रतिष्ठान र आयोजनाको सुरक्षाको जिम्मा केही समयको लागि नेपाली सेनालाई दिइएको छ ।
नेपाल सरकारको निर्णय अनुसार शशस्त्र प्रहरीलाई सीमा क्षेत्रको जिम्मा दिइएको केही समयको लागि नेपाली सेनालाई कारागार, महत्वपूर्ण प्रतिष्ठानको जिम्मेवारी दिइएको राजदल गणका प्रमुख उत्तम सापकोटाले बताए ।
शशस्त्र प्रहरीको संख्या कम भएको र देशमा कोरोना भाइरसको संक्रमण बढेकोले शशस्त्र प्रहरीहरु सीमा सुरक्षाका खटिनु पर्ने भएकोले मन्त्रिपरीषद्को निर्णय अनुसार केही समयको लागि फिर्ता बोलाइएको दक्षिण काली शशस्त्र प्रहरीका एसपी सुरेश श्रेष्ठले बताए ।
हाल ३१ वटा कारागारमा सुरक्षार्थ नेपाली सेनालाई खटाइएको छ ।
हेर्नुहोस सूचि



