Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार जिल्ला कोरोनाको हटस्पट, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चार जिल्ला कोरोनाको हटस्पट, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

दैनिकी न्यूज

२, आषाढ २०७७
चार जिल्ला कोरोनाको हटस्पट, अत्यावश्यक बाहेकका सबै सेवा बन्द
images

काठमाडौं । सरकारले चार जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनै पनि कामकारबाही सुचारु नगर्ने भएको हो ।

गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ ।

मंगलबारसम्म देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ रहेकोमा उच्च जोखिममा रहेका जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ ।

उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्‍चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ ।

कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ। । कोरोना संक्रमणबाट नेपालमा १९ जनाको मृत्यू भैसकेको छ ।

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - २०:५१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology