काठमाडौं । बुधबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् ।
डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित नवलपरासीका १८ र पर्बतका ३ जना रहेका छन् ।
