बर्दिया । बर्दियामा एकैदिन ३१ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये बढैयाताल गाउँपालिकामा मात्र २६ जनामा कोरोना संक्रमण भएको छ ।
गाउँपालिकाको १ र २ नम्बर वडाका २६ जनामा कोरोना देखिएको हो । वडा १ मा १५ र २ मा एघार जनामा संक्रमण भएको भेरी अस्पताल, नेपालगञ्जले जनाएको छ ।
उता बर्दिया बाँसगढी नगरपालिकामा ४ र राजापुरमा एकजना थपिएका छन् । बाँसगढी ३ का दुईजना र वडा नम्बर ७ र ९ का एक–एकजना रहेका छन् । राजापुरको वडा नम्बर ५ मा एकजना संक्रमित थपिएका छन् । योसँगै बर्दियामा बुधबार एकैदिन ३१ जना कोरोना पोजिटिभ पुष्टि भएको छ ।