Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन

दैनिकी न्यूज

३, आषाढ २०७७
अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’ गर्न मन्त्रालयको निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए । उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए ।

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चारवटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा।अधिकारीले बताए । रासस

images
प्रकाशित मिति :आषाढ ३, २०७७ बुधवार - १४:५०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology