Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुनी वायुको प्रभाव, अधिकांश क्षेत्रमा वर्षाको संभावना

मनसुनी वायुको प्रभाव, अधिकांश क्षेत्रमा वर्षाको संभावना

दैनिकी न्यूज

४, आषाढ २०७७
मनसुनी वायुको प्रभाव, अधिकांश क्षेत्रमा वर्षाको संभावना
images

काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्ण बदली र प्रदेश २, बागमती र गण्डकी प्रदेशको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०४ गते (बिहिबार)

दिउँसोः  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार ०५ गते (शुक्रबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश  र बागमती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ ।

असार  गते (शनिबार)

दिउँसोः सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०७७ बिहिवार - ०७:१६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology