Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने नेकपाको निर्णय

विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने नेकपाको निर्णय

दैनिकी न्यूज

६, आषाढ २०७७
विदेशी बुहारीलाई ७ वर्ष नेपालमा बसेपछि नागरिकता दिइनुपर्ने नेकपाको निर्णय
images

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्प्युनिष्ट र्पाी (नेकपा) सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निर्णय गरेको छ ।

सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेको प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको हो

नेपाली पुरुष नागरिकसँग विवाह गर्ने महिलाले प्राप्त गर्ने अङ्गीकृत नागरिकताको प्रावधानबारे विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि मात्र सम्बन्धितले वैवाहिक अङ्गीकृत नागरिकता पाउनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

नेकपा सचिवालय बैठकमा यसबारे छलफल भएपछि निष्कर्ष सुनाउँदै गैरआवसीय नेपालीको हकमा उहाँले सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र पाउनसक्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुसँग सहमति गर्ने बताएपछि गृहमन्त्री रामबहादुर थापा (बादल) ले ५ दिन समय मागेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १३:०६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology