Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट

नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट

दैनिकी न्यूज

६, आषाढ २०७७
नशालु पदार्थ मिसाएर खुवाई ललितपुरमा लुटपाट
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोस्थित बि एण्ड बि अस्पतालको गेट अगाडिबाट ललितपुर महालक्ष्मी नगरपालिकावडा नं. १ ईमाडोल बस्ने ६५ वर्षीया महिलाको ३ आनाको तिलहरी १ थान, ८ आनाको कानको मुन्द्रा १ जोर र नगद १ हजार रुपैयाँ शुक्रबार दिउँसो लुटपाट भएको छ ।

अपरिचित २ जना व्यक्तिहरुले फ्रुटीमा नशालु पदार्थ मिसाई खुवाई लठ्ठ बनाए पश्चात उक्त लुटपाट गरेको बताइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले बताए ।

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - १९:२९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology