Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्षा जारी, नदीको बहाव बढने र पहिरो जान सक्ने, सचेत रहन आग्रह

वर्षा जारी, नदीको बहाव बढने र पहिरो जान सक्ने, सचेत रहन आग्रह

दैनिकी न्यूज

८, आषाढ २०७७
वर्षा जारी, नदीको बहाव बढने र पहिरो जान सक्ने, सचेत रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ। जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०८ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५  का एक  वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। 

असार ०९ गते (मंगलबार)

दिउँसोः  देशको सबै प्रदेशका अधिकांश स्थानहरुमा आँशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको   संभावना रहेको छ। 

रातीः   देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५  र सुदुरपश्चिम प्रदेशका एक  वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

असार १० गते (बुधबार)

दिउँसोः  देशभर सामान्य देखि पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः   देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पुर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश नं ५  का थोरै स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - ०७:१२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology