काठमाडौं । गण्डकी प्रदेशमा बुधवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ७ सय २९ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको नतिजा आएसँगै नयाँ ३२ जना सङ्क्रमित रहेको पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ति अनुसार उनीहरू लमजुङमा ५ जना, पर्वतमा १ जना, स्याङ्जामा ७ जना, कास्कीमा ५ जना, गोरखामा १ जना, बागलुङमा ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जना रहेका छन्।
सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ।