Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा वर्षा

देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा वर्षा

दैनिकी न्यूज

१०, आषाढ २०७७
देशभरको मौसममा बदली, अधिकांश क्षेत्रमा वर्षा
images

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङमा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा र प्रदेश १ का तराई भूभागमा वर्षा भईरहेको छ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १० गते (बुधबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। 

रातीः  देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार ११ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। 

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। 

 रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - ०७:१२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology