Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

सुरु भयो नेकपा स्थायी कमिटि बैठक

सुरु भयो नेकपा स्थायी कमिटि बैठक

दैनिकी न्यूज

१०, आषाढ २०७७
सुरु भयो नेकपा स्थायी कमिटि बैठक
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

सो बैठकमा पाँच एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्यबाट सुरु हुने सो बैठकमा सरकारको कामका सम्बन्धमा बहस हुनेछ।

सरकारको कामका सम्बन्धमा कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा र सरकारका अन्य कामबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

त्यसैगरी पार्टी एकताका बाँकी कामहरु, एमसीसीका सम्बन्धमा र विविध विषयमा छलफल हुने उनले जनाएका छन्।

बुधबारको बैठकको सुरुमा पार्टी अध्यक्षद्वयले छलफलका बिषय राखेपछि आजको बैठक सकिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार सदस्यहरुले बिहीबार मात्र आफ्ना धारणा राख्नेछन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १२:१९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology