Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गोदावरी नगरपालिकाको कुल बजेट १ अर्व ६८ करोड ६५ लाख २२ हजार

गोदावरी नगरपालिकाको कुल बजेट १ अर्व ६८ करोड ६५ लाख २२ हजार

दैनिकी न्यूज

१०, आषाढ २०७७
गोदावरी नगरपालिकाको कुल बजेट १ अर्व ६८ करोड ६५ लाख २२ हजार
images

ललितपुर । गोदावरी नगरपालिकाको आगामी आ.व. २०७७/०७८ को कुल बजेट एक अर्ब ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको छ ।

बुधबार नगरपालिकाको सातौं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो । कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार २ सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ ४ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाँडवाट २० करोड ६ लाख ४२ हजार ७ सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए ।

यसै गरी नगरपालिकाको चालुतर्फ रु. ९५ करोड २९ लाख ७२ हजार र विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ १४ करोड र चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय अनुमान रहेको छ ।


कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद नवराज सिलवाल थिए । अन्य अतिथिहरुमा प्रदेश सांसद लालकुमारी पुन, पूर्व अर्थराज्यमन्त्री उदय शमसेर राणा लगायतको उपस्थिति रहेको थियो ।

१३ औ सागका ३ खेलाडी सम्मानित
गोदावरी नगरपालिकाको सातौं नगरसभामा १३ औं सागका ३ जना खेलाडीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा १३ औं सागमा कराँते काटातर्फका प्रशिक्षक गंगाराम महर्जन रहेका छन् । प्रशिक्षक महर्जनलाई नगरपालिकाले दुई लाख रुपैया नगद सहित सम्मान गरेको छ । सम्मानित महर्जन गोदावरी नगरपालिका वडा नं १२ ठेचो निवासी हुन् । यसै गरी १३ औं सागमा कराँते फाइट प्रशिक्षक दिपक श्रेष्ठ रहेका थिए । प्रशिक्षक श्रेष्ठलाई नगरपालिकाले दुई लाख रुपैया नगद सहित सम्मान गरेको छ । सम्मानित श्रेष्ठ गोदावरी नगरपालिका वडा नं ११ चापागाउँ निवासी हुन् । सम्मानित हुनेमा अर्का १३ औं सागकै उस्सु तर्फका कास्य पदक विजेता निकेश श्रेष्ठ रहेका छन् । सम्मानित श्रेष्ठलाई नगरपालिकाले नगद एकलाख रुपैया नगद सहित सम्मान गरेको हो । श्रेष्ठ नगरपालिकाको वडा नं ५ लेले निवासी हुन् ।

pla.jpg

यसै गरी विस २०७६ मा भारतको हरियाणा र आन्ध्र प्रदेशमा भएको वादो कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता लगायतमा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडीहरु रामसुन्दर सिल्वाल, शुभ सिल्वाल, संघर्ष पहरी, सुमन तामाङ, सोनम थिङ, हरिकृष्ण पहरी, युविसन मगरलाई नगद १० हजारका दरले नगरपालिकाले सम्मान गरेको छ । यसै गरी सो प्रतियोगितामा कोचका रुपमा सहभागी चिन वहादुर तामाङ र राजु महर्जनलाई समेत नगद १० हजारका दरले नगरपालिकाले आज सम्मान गरेको छ । सम्मानित प्रशिक्षक, कोच, खेलाडी सवै जना नगरपालिका क्षेत्रभित्रका रहेका छन ।

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १६:४०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology