Logo

बुधवार, श्रावण २७ गते २०८३

images

विप्लव नेकपाका विद्यार्थी नेता ललितपुरबाट पक्राउ

विप्लव नेकपाका विद्यार्थी नेता ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

१०, आषाढ २०७७
विप्लव नेकपाका विद्यार्थी नेता ललितपुरबाट पक्राउ
images

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) को अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्लाका उपाध्यक्ष नरेन्द्र वहादुर भण्डारी ‘निगम’ लाई प्रहरीले आज पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परीसर ललितपुरबाट खटिएको प्रहरी टोलीले बालकुमारीबाट आज साँझ नियन्त्रणमा लिएको हो ।

राज्य विरुद्द द्वेष फैलाउने किसिमले नेपाल विप्लब समूहसँग सम्बन्धित पर्चा, पम्प्लेटहरु टाँस्ने, सोही समूहमा आवद्ध हुनुपर्छ स्थानीय छरछिमेकी एवं जनमानसलाई डर त्रासमा पारी आतंकित एवं हैरान पार्ने जस्ता गतिविधिमा संलग्न हुँदै आएकोले उनलाई नियन्त्रणमा लिएको परीसर ललितपुरका प्रवक्ता तुल बहादुर कार्कीले नियन्त्रणमा जानकारी दिए । यसबारे थप अनुसन्धान भईरहेको कार्कीले बताए ।

 

 

images
प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - १९:५५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology