काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ ।
मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भईरहेको छ ।
