ललितपुर । ललितपुरका दुई जना युवामा कोरोना संक्रमण भएको छ । ललितपुर महानगरपालिकाका १८ वर्षीय युवा र महालक्ष्मी नगरपालिकाका ३३ वर्षीय अर्का युवामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
ललितपुर महानगरपालिका ५ का १८ वर्षीय युवाको असार ८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । ती युवालाई बुधबार पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा भर्ना गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको विवरण प्रहरीले संकलन गरिरहेको छ ।
यस्तै ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३३ वर्षका अर्का युवामा पनि कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण भएको बिहीबार विहान पुष्टि भएको हो । उनलाई बुधबार बेलुका साढे नौ बजे पाटन अस्पतालको आइसोलसन वार्डमा भनाई गरिएको अस्पताल प्रशासन स्रोतले दैनिकीन्युजलाई जानकारी दियो । डोटीको ठूलो भेरी नगरपालिकाका स्थायी घर भएका ती युवा के काम गर्थे ? र उनको पारिवारिक विवरण प्रहरीले संकलन गरिरहेको जनाएको छ ।
बिहीबार कोरोना देखिएका दुबै जनाको कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराइएको सुरक्षा स्रोतले जनाएको छ । यसबारेमा मन्त्रालयले भने नियमित पत्रकार सम्मेलनमा जानकारी दिने बताएको छ ।
यो पनि पढ्नुहोस