Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकाका तीनै जिल्लासहित विभिन्न जिल्लामा थपिए ४३४ संक्रमित

उपत्यकाका तीनै जिल्लासहित विभिन्न जिल्लामा थपिए ४३४ संक्रमित

दैनिकी न्यूज

११, आषाढ २०७७
उपत्यकाका तीनै जिल्लासहित विभिन्न जिल्लामा थपिए ४३४ संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ नमुनाको पीसीआर टेस्ट गर्दा ४३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बिहीबार मात्र ४३४ जना (पुरुष ३८६ जना र महिला ४८ जना) मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको हो, जसमा १० हजार २० जना पुरुष र १ हजार १ सय ४२ जना महिला रहेका छन् । आज काठमाडौं, ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार देशभर ७८ हजार २२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ४ सय ८६ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट १ लाख ९९ हजार ७३७ जना र आरडिटी विधिबाट २ लाख ८७ हजार ८६३ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये २९३ पुरुष र १९ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २६ सय ५० पुगेको छ, जसमा पुरुष २ हजार ४ हजार ३४ जना र महिला २१६ जना रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । आजसम्म कोरोना कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १६:३०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology