Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ

दैनिकी न्यूज

१२, आषाढ २०७७
अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ
images

बारा । करैयामाई गाउँपालिका वडा नं. ४ स्थित चिम्नी भट्टामा लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा करिब १ सय १० केजी सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा सहोदरामाई नगरपालिका वडा नं. १० बस्ने ६० वर्षीय समसुल हक देवान, चितवन राप्ती गाउँपालिका( ७ बस्ने ४५ वर्षीय लक्ष्मी बहादुर राई र बारा कलैया उपमहानगरपालिका(१७ बस्ने ३० वर्षीय सुबोध प्रसाद यादव रहेका छन् ।

उक्त स्थानमा ना. ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी लिई आएको अवैध लागूऔषध चिम्नी भट्टामा लुकाई रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरीले भट्टामा लुकाई रहेको अवस्थामा ९ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलई पक्राउ गरेको हो ।

प्रहरीले समसुल हक देवान चढी आएको प्रदेश ०२–०३–००१ प ९४१ नम्बरको मोटरसाइकल र ट्रक समेत बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १३:५१:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology