Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आइपीओमा ?

कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आइपीओमा ?

दैनिकी न्यूज

१४, आषाढ २०७७
कति आवेदन पर्यो एनआईसी एशिया लघुवित्तको आइपीओमा ?
images

काठमाडौं । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आर्इपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

असार १४ गते बेलुका ५ः३० बजेसम्ममा लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार कुल ४ लाख १२ हजार २ सय ३२ जनाले २ करोड २९ लाख ६८ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१६ गुणा बढी हो ।

उक्त कम्पनीले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ विक्रीपश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ ।

यो बजारमा आएको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १८:०१:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology