Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः धेरै स्थानमा वर्षा, नदीहरुमा पानीको बहाव बढ्ने

मौसम पूर्वानुमानः धेरै स्थानमा वर्षा, नदीहरुमा पानीको बहाव बढ्ने

दैनिकी न्यूज

१५, आषाढ २०७७
मौसम पूर्वानुमानः धेरै स्थानमा वर्षा, नदीहरुमा पानीको बहाव बढ्ने
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । हाल देशमा सामान्य देखि पुर्ण बदली रहेको छ र देशभर केही स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।

देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको समेत संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  एक दुइ  स्थानमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १ , प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा  सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १७ गते (बुधबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। 

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  संभावना रहेको छ । प्रदेश १  प्रदेश २,  का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - ०७:३९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology