Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुस्मिताको हत्या परिवारबाट नै भएको खुलासा

सुस्मिताको हत्या परिवारबाट नै भएको खुलासा

दैनिकी न्यूज

१५, आषाढ २०७७
सुस्मिताको हत्या परिवारबाट नै भएको खुलासा
images

काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित सूर्य चोक बस्ने २४ वर्षीया सुस्मिता क्षेत्री थापाको लौरो र लोहोरोले प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मृतकका ससुरा प्रकाश थापा, नन्द सिता थापा, सासु तुलसा थापा र जेठी नन्द दुर्गा थापा कार्की रहेका छन् ।

सुस्मिता क्षेत्री थापा आफ्नै घरको भान्सा कोठाभित्र असार २ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्ने क्रममा मृतकका ससुरा प्रकाश थापा र नन्द सिता थापाले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले निर्ममतापूर्वक सुस्मितामाथि प्रहार गरी हत्या गरेको, बाबुछोरीले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्छा कोठाभित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखेको, सासू तुलसा थापाले फुटेका सिसाका टुक्राहरु प्लाष्टिकका छोलामा हाली बरन्डामा राखेको तथा असार २ गते बिहान प्रकाश थापाले छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएको अनुसन्धानबाट खुल्न आएको छ ।

कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सुस्मिताका श्रीमान रूपेन्द्र थापाको २०७६ असोज २३ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । उनको मृत्युको दोष सुस्मितालाई दिई पारिवारका सदस्यहरुबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको, ससुरा प्रकाश थापाले सुस्मितालाई जबरजस्ती करणी उद्योग गरेको तथा रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्ति बापत पाउने रकम, निजको कार्यालयबाट भुक्तानी लिने रकम, सामाजिक सुरक्षा कोषबाट पाउने रकम र बीमा रकम समेतका सबै रकम ससुरालाई दिनुपर्छ भनी परिवारबीच आपसी–विवादको कारण सुस्मितालाई दवाव दिने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १३:४९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology