Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बझाङमा भीषण पहिरो, थुप्रै घर बगायो, ७ जना बेपत्ता

बझाङमा भीषण पहिरो, थुप्रै घर बगायो, ७ जना बेपत्ता

दैनिकी न्यूज

२०, आषाढ २०७७
बझाङमा भीषण पहिरो, थुप्रै घर बगायो, ७ जना बेपत्ता
images

बझाङ । अविरल वर्षापछि गएको पहिरोले बझाङमा थुप्रै घर बगाएको स्थानीयले बताएका छन् । शुक्रबार दिनभरको वर्षापछि गएराती केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको हो।

पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रहरी प्रमुख डिएसपी गणेशबहादुर बमले बताए।

स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन्। घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको छ ।
स्थानीय जिउनीगाड नदीले सडक समेत बगाएको छ । घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएको थियो। पहिरोले एउटा पावरहाउस पनि बगाएको छ।

सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले बताए।

images
प्रकाशित मिति :आषाढ २०, २०७७ शनिवार - ०८:४०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology