Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गोगंबुको ग्यारेजमा आगलागी, पार्किङ गरेर राखेका १२ माइक्रोबस जले

गोगंबुको ग्यारेजमा आगलागी, पार्किङ गरेर राखेका १२ माइक्रोबस जले

दैनिकी न्यूज

२१, आषाढ २०७७
गोगंबुको ग्यारेजमा आगलागी, पार्किङ गरेर राखेका १२ माइक्रोबस जले
images

काठमाडौं । गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ । बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको छ । राजेन्द्र आचार्यले सञ्चालन गरेको सुप्रश्री अटो वल्ड वर्कशपमा लकडाउनमा पार्किङ गरेर राखेको माइक्रोबसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बा ४ ख ४०९, बा २ क २०८०, बा १ ज ९६०३, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - ०९:३०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology