Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

दैनिकी न्यूज

२२, आषाढ २०७७
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
images

काठमाडौं । सवारी दुर्घटनामा परी विभिन्न ठाउँमा ५ जनाको मृत्यु भएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगल नजिकै सडकमा ना ७ ख ६५९७ नम्बरको टिपरले ना ५३ प ३३१३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक हाल वतन नखुलेका ५५ वर्षीय सुर्जे बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, रत्ननगर नगरपालिका–२ टांडी चोकस्थित सडकमा प्रदेश नं. ३–०१–००२२ च ३९४४ नम्बरको स्कारपियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३४ वर्षीय कृष्ण कारंजितको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, बिर्तामोड नगरपालिका(३ स्थित सडकमा को ३ प १९३३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक उदयपुर त्रियुगा नगरपालिका–६ घर भएका बीर बहादुर अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार पाँचथर हिलिहाङ गाउँपालिका–७ घर भएका गेहनाथ तिम्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली, कमलामाई नगरपालिका–१४ चन्दनपुरस्थित सडकमा भिमानबाट डकाहा दुधौलीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञ बहादुर जोगीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की, पोखरा महानगरपालिका–५ स्थित सडकमा लु ५९ प ८७८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैलदयात्री सोही ठाउँ बस्ने ५१ वर्षीया रुपा सिंह बिकको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पोखरा महानगरपालिका–६ बस्ने १९ वर्षीय नारायण प्रसाद आचार्यको रिजन अस्पताल जिरोमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १२:४२:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology