Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवारी पास बिना यात्रु ओसार पसार गर्ने पक्राउ

सवारी पास बिना यात्रु ओसार पसार गर्ने पक्राउ

दैनिकी न्यूज

२२, आषाढ २०७७
सवारी पास बिना यात्रु ओसार पसार गर्ने पक्राउ
images

काठमाडौं । सवारी पास बिना यात्रु ओसार पसार गरेको अभियोगमा दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको भे १ ज ११३५ नम्बरको सवारी साधनका चालक बर्दिया बढैया गाउँपालिका(५ घर भएका २९ वर्षीय संजय बिक र डोटीबाट काठमाडौंतर्फ आउँदै गरेको बा।२ ज ८६ नम्बरको ट्याक्सीका चालक काभ्रे धुलिखेल नगरपालिका–१ घर भएका ३० वर्षीय संखमान तामाङ रहेका छन् ।

पक्राउ परेका चालकमध्ये बिकले पास बिना १७ जना यात्रुहरुसँग २५ हजार रुपैयाँ असुल गरी आएको र तामाङले ३ जना यात्रुहरुसँग ३० हजार रुपैयाँ पाउने सर्तमा अनाधिकृत रूपमा राखि आएको अनुसन्धानको क्रममा खुल्न आएको हो ।

पक्राउ परेका दुबै जनालाई संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - १२:५३:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology