काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । असार २२ गते सोमबार चार सय रुपैयाँमा पहिलो कारोबारको खुलेको कम्पनीको १ घण्टा अवधिमा प्रतिकित्ता ४० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४४० पुगेको छ ।
असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको शेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो । बुधबार पछि भने कम्पनीको शेयरमूल्य बढ्दो क्रममा रहेको छ।
आइपीओमा परेको शेयर बिक्रीकर्ताको चाप बढ्दा सुरुको दुई दिन बिक्रीचाप आएको कम्पनीको शेयरको माग बढ्दो क्रममा देखिएको छ । नेप्सको मार्केट डेप्थमा कम्पनीको बिक्री आदेश शुल्य रहेको छ । खरीदको चाप देखिएको छ ।

आज दुई बजेर ४९ मिनेट जाँदासम्म १४ करोड ४२ लाख १६ हजार ४२० रुपैयाँ बराबरको कारोबर भएको छ ।
