Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त

दैनिकी न्यूज

२३, आषाढ २०७७
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त
images

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवाका आधारमा २४ असारबाट अनिवार्य अवकाश पाउने भएपछि उनलाई सरकारले आईजीपी पदमा नियुक्त गरेको हो ।

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका क्षत्रीको कार्यकाल १८ वैशाख २०७९ सम्म हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १९:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology