Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त

प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त

दैनिकी न्यूज

२३, आषाढ २०७७
प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षत्री नियुक्त
images

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवाका आधारमा २४ असारबाट अनिवार्य अवकाश पाउने भएपछि उनलाई सरकारले आईजीपी पदमा नियुक्त गरेको हो ।

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका क्षत्रीको कार्यकाल १८ वैशाख २०७९ सम्म हुनेछ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १९:१४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology