Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आफ्ना दक्ष पाइलटलाई बेवास्ता गर्दै विदेशीलाई प्राथमिकता

आफ्ना दक्ष पाइलटलाई बेवास्ता गर्दै विदेशीलाई प्राथमिकता

दैनिकी न्यूज

२४, आषाढ २०७७
आफ्ना दक्ष पाइलटलाई बेवास्ता गर्दै विदेशीलाई प्राथमिकता
images

काठमाडौं । आफ्नो स्वदेशी जनशक्तिलाई हेपेर विदेशी जनशक्तिलाई नेपाल बायुसेवा निगमले रोजाईमा पारेको छ । विदेशी पाइलटलाई चर्को तलब सुविधा दिएरै भएपनि नेपाल वायुसेवा निगमले नेपाल पाइलटलाई बेवास्ता गरेको हो । अहिले नेपाल वायुसेवा निगममा कार्यरत नेपाली पाइलट निरुत्साहित छन् । आफूहरु दक्ष हुँदाहुँदै कमिसनको लोभका विदेशीलाई प्राथमिकता दिँदा नेपाली पाइलटहरुले आपत्ति जनाएका छन् ।

निगमले पाइलटहरुसँग करार सम्झौंता गर्दा विभेद गरेको छ । विदेशीलाई धमाधम ५ वर्षको करार सम्झौता गरेतापनि नेपाली पाइलटसँग भने पाँच महिनाको मात्रै करार सम्झौता गरेको छ ।

यही विभेदमा परेका पाइलट हुन, शुभराज श्रेष्ठ । उनी विदेशी पाइलट सहर नै सक्षम छन् । तर, उनको पाचँ महिनाको मात्रै करार सम्झौता भएको छ । उनी ३२० का क्याप्टेन हुन् । उनले नेपाल वायुसेवा निगममा दुःख पर्दा पनि उडान भर्दै आएका छन् । उनीसँग यसअघि गरेको एक वर्षको सम्झौता मईमा सकियो । तर, उनको करार सम्झौता भएन इन्डियन पाइलटको पाँच वर्ष सम्झौता गरेको छ । ‘विदेशीलाई धेरै सुविधा दिनुभन्दा हामीलाई त्यो जिम्मेवारी दिए हुनेथियो, लकडाउन पछि भन्दै टार्दै आएका छन्,’ एक पाइलटले भने ।

तर, उनैमाथि विभेद मानव संशाधन विभागका निर्देशक अशोक सिग्देलले गरेका हुन् । उनले गैर कानुनी रुपमा रवीन्द्र कुमार शेरचनलाई दशौं तहमा वढुवा प्रस्ताव अघि बढाएका थिए । जसमा अन्य कर्मचारीले विरोध जनाउँदै आएका थिए । केही पाइलटहरुको विरोधपछि शेरचनको वढुवा रोक्का गरिएको थिया । तर, सोही वढुवाको छानबीन गर्नको लागि निगमले महागल्ती गरेका सिग्देललाई नै जिम्मा दिएको छ । आफैले बढुवा गरेका व्यक्तिलाई छानबीन समितिको जिम्मा दिनु गैर कानुनी मानिन्छ । तर, नेपाल वायुसेवा निगममा यस्तै यस्तै लफडा र कानुनको उपहास गरिँदै आइएको छ । यसले वायुसेवा निगममा स्वच्छ मनसायले काम गर्ने कर्मचारीको मनोबल गिराएको मात्रै छैन, असक्षम व्यक्ति हावी हुँदा उनीहरुमा निराशा थपिएको छ ।

स्रोतका अनुुसार सिग्देलले मिलोमत्तोका केही व्यक्तिलाई गैर कानुनी पद दिँदै आएका छन् । सिग्देलले आफूले कानुन अनुसार नै काम गरेको दाबी गरे । उनले भने, ‘यदी मैले गल्ती गरेको रहेछु भने कारबाही होस् ।’

कार्यकारी निर्देशक शुशिल घिमिरेले आफू विवादमा पर्ने भन्दै बोल्न मानेनन् । ‘यसबारेमा मलाई जानकारी छैन, जे भएका छन् ती सबै कानुन अनुसार नै भएका छन्,’ उनले भने ।

 

यो पनि पढ्नुहोस
वायुसेवा निगमका पाइलट शेरचनको बढुवा रोकियो

काण्डैकाण्डको पोखरीमा वायुसेवा निगमका निर्देशक शेरचन

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १५:४५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology