Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंक तथा वित्तीय संस्था आज पनि खुला रहने

बैंक तथा वित्तीय संस्था आज पनि खुला रहने

दैनिकी न्यूज

२७, आषाढ २०७७
बैंक तथा वित्तीय संस्था आज पनि खुला रहने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई खुला राख्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई असार मसान्तसम्म शनिवार तथा सार्वजनिक बिदामासमेत केन्द्रीय तथा शाखा कार्यालयहरु पूर्णकालिन रुपमा खोल्न भनेको छ ।
केन्द्रीय बैंकको निर्देशनपछि राजस्व बुझ्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरु अव असार मसान्तसम्म पूर्णकालिन रुपमा खुल्ने छन् ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिइएको बताएका छन् ।

केन्द्रीय बैंकले यो महिनाभर राजस्व संकलन गर्ने शाख काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको छ ।

कोरोना भाइरसका कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७७ शनिवार - ०६:३२:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology