काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइनमा २३ हजार सात सय ८४ जना छन्।
आइसोलेसन आठ हजार एक सय ७४ संक्रमित र सम्भावित संक्रमितको उपचार भइराखेको छ।
पछिल्लो २४ घण्टामा १४७ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कुल संख्या ८ हजार पाँच सय ८९ पुगेको छ।