काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८५६ जनामा पिसीआर परीक्षणमा ७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ जना पुगेको छ ।
आज काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार सोमबार देशभर २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ६१३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार २९४ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।