Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा सुनकोठीबाट एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा सुनकोठीबाट एकजना पक्राउ

दैनिकी न्यूज

२९, आषाढ २०७७
जबरजस्ती करणी गरेको अभियोगमा सुनकोठीबाट एकजना पक्राउ
images

ललितपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका वडा नं. ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई मेडिकलको लागि पाटन हस्पिटलमा पठाइएको र यसबारे थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्तका डीएपी कृष्णराज ओझाले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १७:२५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology