Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विप्लवलाई ठूलो झड्का, सैन्य विभाग प्रमुख पक्राउ

विप्लवलाई ठूलो झड्का, सैन्य विभाग प्रमुख पक्राउ

दैनिकी न्यूज

३०, आषाढ २०७७
विप्लवलाई ठूलो झड्का, सैन्य विभाग प्रमुख पक्राउ
images

मोरङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

मोरङको उर्लाबारी नगरपालिका–३ बाट विप्लवका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए । बोहरालाई विशेष सूचनाका आधारमा आफ्नै निवासबाट पक्राउ गरेको उनले बताए।

उनको साथबाट कटुवा पेस्तोल एक थान , तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरेको डीएसपी राईले जानकारी दिए।

images
प्रकाशित मिति :आषाढ ३०, २०७७ मंगलवार - २२:४६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology