Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बलात्कार मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ

बलात्कार मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ

दैनिकी न्यूज

३, श्रावण २०७७
बलात्कार मुद्दाका अभियुक्त ६ वर्षपछि पक्राउ
images

उदयपुर । स्थानीय एक महिलालाई जबर्जस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई उदयपुर प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।

बलात्कार अभियोगमा जिल्ला अदालत उदयपुरबाट पाँच वर्ष कारागार सजायको फैसला भएका देव राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार छ वर्षदेखि फरार रहँदै आएका ३३ वर्षीय राई उदयपुरको त्रियुगा नगरपालिका–६ जलजले निवासी हुन्।

प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार राईले ६ वर्षअघि एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट पाँच वर्षको जेलसजाय पाएका थिए।

गोप्य सूचनाका आधारमा उनलाई शुक्रबार त्रियुगा नगरपालिकाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएका राईलाई शुक्रबारै जिल्ला अदालतमा बुझाएको छ। रासस

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - ११:४०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology