Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सचिवालयको निचोडः सहमतिको विकल्प छैन

सचिवालयको निचोडः सहमतिको विकल्प छैन

दैनिकी न्यूज

४, श्रावण २०७७
सचिवालयको निचोडः सहमतिको विकल्प छैन
images

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पु(याउनुपर्ने निचोड निकालेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सहमति गरेर अघि बढ्नुपर्ने र नमिलेका विवादका विषय एकता महाधिवेशनबाटै टुंगो लगाउनुपर्ने भन्दै एकता महाधिवेशन आगामी मंसिरमा गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सो प्रस्तावलाई अन्य शीर्ष नेताहरुले सकारात्मक रूपमा लिए पनि उनीहरु आश्वस्त हुन नसकेको बताइएको छ ।

राजधानी दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - ०५:३९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology