Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार १५० कोरोना संक्रमित थपिए

मंगलबार १५० कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

६, श्रावण २०७७
मंगलबार १५० कोरोना संक्रमित थपिए
images

काठमाडौँ। मंगलबार कोरोनाभाइरसबाट नोभेल कोरोना भाइरसका १५० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएकोमा १५० संक्रमित थपिएका हुन् ।

प्रबक्ता गौतमका अनुसार अहिले देशभर  सक्रिय संक्रमितको पाँच हजार ४सय ७७ रहेको छ भने तीन जिल्लामा रौतहट, कैलाली र बाजुरामा पाँच सय भन्दा सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरी ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभामा संक्रमितको संख्या शून्य रहेको छ  । 

पछिल्लो २४ घण्टामा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ६०९  रहेको छ । हालसम्म देशभरबाट १२ हजार ४७७  जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

 हालसम्म देशभरका २१ हजार  ७०४ जना क्‍वारेन्टिनमा रहेका छन् भने नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ । 

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १६:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology