काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ४८१ जनामा पिसीआर परीक्षणमा १४७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बिहीबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो ।
आज काठमाडौंका ५, ललितपुरका २ र भक्तपुरका २ जना गरी काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २० हजार ५८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ३५८ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज १५६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
आज पर्सा वीरगन्जका ७० वर्षको पुरुषको निधन भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ ।