Logo

सोमवार, श्रावण २५ गते २०८३

images

७ केजी अफिमसहित चार जना पक्राउ

७ केजी अफिमसहित चार जना पक्राउ

दैनिकी न्यूज

११, श्रावण २०७७
७ केजी अफिमसहित चार जना पक्राउ
images

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी लागूऔषध अफिमसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् । साउन ८ गते दाङको राप्ती गाउँपालिका एक रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ६ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागूऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागूऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए।

यसअघि पनि भालुवाङबाट लागूऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले बताए । रासस

images
प्रकाशित मिति :श्रावण ११, २०७७ आइतवार - ०८:०७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology