Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चारवर्षका लागि राखेप सदस्यसचिवमा सिलवाल दोहोरिए, उपाध्यक्षमा कोइराला

चारवर्षका लागि राखेप सदस्यसचिवमा सिलवाल दोहोरिए, उपाध्यक्षमा कोइराला

दैनिकी न्यूज

१२, श्रावण २०७७
चारवर्षका लागि राखेप सदस्यसचिवमा सिलवाल दोहोरिए, उपाध्यक्षमा कोइराला
images

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिवमा दोहोर्‍याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गत वर्ष असारमा राखेपको सदस्यसचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन २०७७ आएपछि यसै असारमा पदमुक्त भएका थिए। मन्त्रीपरिषद्बाट नियुक्त भएसँगै सिलवालले अब चार वर्ष राखेपको नेतृत्व गर्नेछन् । मन्त्रीपरिषद् बैठकले राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त गरेको छ । उनी नेकपाको खेलकुद विभागमा आवद्ध छन। कोइराला १३ औं सागमा प्रचारप्रसार समितिका संयोजक समेत थिए। नयाँ ऐनअनुसार यसपटक राखेपको सदस्यसचिवका लागि पहिलोपल्ट आवेदन खुलाइएको थियो। जसमा ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समितीले बुधबार अन्जु श्रेष्ठ, लिलबहादुर थापा र सिलवालको नाम मन्त्रालयमा सिफारिस गरेको थियो।
सरकारले तीनजनामध्येबाट सिलवाललाई फेरि नियुक्त गरेको हो । सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् ।

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - २१:३६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology