Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज नेकपा बैठकः यस्तो बन्दै छ समीकरण

आज नेकपा बैठकः यस्तो बन्दै छ समीकरण

दैनिकी न्यूज

१३, श्रावण २०७७
आज नेकपा बैठकः यस्तो बन्दै छ समीकरण
images

काठमाडौं । नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्नेरनराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम छ।

स्थायी समिति बैठक आज बिहान ११ बजेका लागि तोकिएको छ। अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि पार्टी कमिटीबाटै बहुमतरअल्पमतकै आधारमा निर्णय प्रक्रियामा जान दबाब बढाएका छन्। दाहालले पनि अब प्रक्रिया नरोक्ने, पार्टीको नियमित एजेन्डामै छलफललाई फर्काउने गरी जाने धारणा नेताहरूसँगको छलफलका क्रममा व्यक्त गरेका छन्।

अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - ०७:०६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology