काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा ६ हजार ३७ जनाको परीक्षण गर्दा थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
आज काठमाडौंका १४ जना र भक्तपुरका १ जनामा कोरोना देखिएको छ ।
क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४७१ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६० जनाको उपचार भइराखेको छ ।
आज १४६ जना निको भई घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार २१ जना उपचार पश्चात निको भएका छन् । संक्रमितमध्ये ४९ जनाको मृत्यु भएको छ ।