पर्सा । पर्सामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । एकजनाको बुधबार विहान र अर्का एक व्यक्तिको साँझ मृत्यु भएको हो ।
बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए ।
७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी थिए ।