Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपाका १५२ नेताले मागे केन्दीय समितिको बैठक

नेकपाका १५२ नेताले मागे केन्दीय समितिको बैठक

दैनिकी न्यूज

१४, श्रावण २०७७
नेकपाका १५२ नेताले मागे केन्दीय समितिको बैठक
images

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र बुझाएका छन्।

पार्टी भित्रको विवाद चर्किदै गएपछि केन्द्रीय समितिको माग गर्दै बुधबार दिउँसो पार्टी मुख्यालय धुम्बाराही पुगेर नेताहरुले पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बुझाएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए । । यसअघि नेताहरुले महासचिव विष्णु पौडेललाई पत्र बुझाउने तयारी गरेका थिए । महासचिव पौडेल कार्यव्यस्तता देखाउँदै पार्टी कार्यालयमा उपस्थित नभएपछि नेताहरुले कार्यालय सचिव ढकाललाई पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना हुन्छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - २२:०८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology