Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज साउन १५, खिर खाने दिन

आज साउन १५, खिर खाने दिन

दैनिकी न्यूज

१५, श्रावण २०७७
आज साउन १५, खिर खाने दिन
images

काठमाडौं । बिहीबार साउन १५ अर्थात् खीर खाने दिन । असारमास खेतको रोपाई र खेतीपातीको व्यस्तताबाट छुटकारा मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ । वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी र उर्जामय राख्न खीर खाने गरिएको विश्वास गरिन्छ ।

अधिकांश नेपालीहरुले यस दिन खीर खाएर साउन १५ मनाउँछन् ।

के छ यसको महत्व ?
खीरलाई पायस पनि भनिन्छ र तस्मै पनि भनिन्छ । खीरलाई ढकनी पनि भनिन्छ । यसलाई नेपाली समाजमा मीठो र पोषिलो खानेकुरामा लिइन्छ ।

नेपाली समाजमा धार्मिक र सांस्कृतिक रुपमा खीरको ज्यादै महत्व रहेको छ । पूजाअर्चना, श्राद्ध, विवाह, वर्तबन्ध लगायत कुनै पनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खीर चढ्ने गर्छ ।

दूध, चामल र चिनीसँगै मसलेदार सामग्री राखेर पकाएपछि तयार भएको परिकार नै खीर हो । खीरमा टाइचुनको चामलको प्रयोग अझ उत्तम मानिन्छ । जुम्ली मार्सीलाई पनि विशेष रुपले प्रयोग गर्न सकिन्छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - ०८:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology