Logo

आइतवार, श्रावण २४ गते २०८३

images

उपत्यकामा ३८ सहित थपिए २२४ जना कोरोना संक्रमित

उपत्यकामा ३८ सहित थपिए २२४ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१६, श्रावण २०७७
उपत्यकामा ३८ सहित थपिए २२४ जना कोरोना संक्रमित
images

काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १० हजार ७६८ जनाको परीक्षण गर्दा थप २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

आज काठमाडौंका ३२ जना, ललिलतपुरका ५ जना र भक्तपुरका १ जना गरी काठमाडौं उपत्याकामा ३८ जनामा कोरोना देखिएको छ ।

क्वारेन्टाइनमा रहनेको संख्या १२ हजार १११ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय १६ जनाको उपचार भइराखेको छ ।

आज १५१ जना निको भई घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार २९९ जना उपचार पश्चात निको भएका छन् ।

नेपालमा कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा वीरगन्जका ५६ वर्ष, ३५ वर्ष र ६५ वर्षको पुरुष रहेका छन् । त्यस्तै वीरगन्ज स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ५ थसिखेल बस्ने वर्ष ६५ को एक महिलाको पनि आज निधन भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १६:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology