ललितपुर । शुक्रबार ललितपुरका विभिन्न स्थानका ६ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
शुक्रबार ललितपुरमा देखिएका २ जना ललितपुरका स्थायी बासिन्दा हुन् भने बाँकी ४ जना बाहिरी जिल्लाबाट ललितपुरआई अस्थायी रुपमा बसेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
शुक्रबार देखिएका संक्रमितहरुमा ६४ वर्ष, २५ वर्ष, २८ वर्ष, २२ वर्ष, २१ वर्ष र ३६ वर्षका पुरुष रहेका छन् । उनीहरुमध्ये २५ वर्ष र २८ वर्षका संक्रमित पुरुष ललितपुरका स्थायी बासिन्दा हुन् ।
शुक्रबार बिहान ललितपुरको पाटन अस्पतालमा ६५ वर्षिय महिलाको कोरोनाकै कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–११ स्थायी घर भएर ललितपुर महानगरपालिका–५ थसिखेल बस्ने ती महिला साउन ६ गते ज्वरो, खोकी र स्वासप्रश्वसामा समस्या आएपछि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन हस्पिटल रेफर गरिएको थियो । योसँगै ललितपुरमा कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या ३ पुगेको छ । यसभन्दा अगाडि ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।
बिहीबार ७ जना संक्रमित, को हुन् उनीहरु ?
बिहीबार पनि ललितपुरका ७ जना कोरोना संक्रमित भएका थिए । संक्रमितहरुमा ललितपुर महानगरपालिकाभित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने रहेका छन् ।
स्वास्थ कार्यालय ललितपुरका बीरगन्ज–१३ पर्सा घर भई हाल सिटि भ्यू अपार्टमेन्ट सानेपा बस्ने वर्ष ५२ वर्षका पुरुष, ललितपुर–१० कुपण्डोल ज्वागतका ५९ वर्षका पुरुष, ललितपुर–१० कुपण्डोल ज्वागलका ४९ वर्षिय महिला, बारा घर भई हाल सानेपा चोक बस्ने वर्ष २५ का पुरुष रहेका छन् । त्यस्तै सर्लाही स्थायी घर भई हाल सानेपा बस्ने वर्ष २० को पुरुष, हेटौडा–१५ शिखरपानी, मकवानपुर घर भई ग्वार्को बस्ने वर्ष २० को पुरुष र गरुडा–४ रौतहट घर भई हाल सानेपा बस्ने वर्ष ३० का महिला रहेका छन् ।
ललितपुरमा हालसम्म १११ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ४३ जना र पुरुष ६८ जना रहेका छन् ।