काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत एक जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सभामुख सापकोटाको सचिवालयका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेसम्म सभामुख निवास आएको देखिन्छ।
ती सुरक्षाकर्मी सभामुखको सुरक्षाका लागि अगुवा गाडिमा रहने प्रहरी हुन्।